धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे स्राेतकाे दाबी छ । उनलाई मन्त्री पदबाट हटाउनुकाे कारण भने खुलाइएकाे छैन । ।
काठमाडौं । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई छन् ।गत १२ भदौमा चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगास्थित चेकप्वाइन्टमा काँकडभित्तादेखि काठमाडौंतर्फ आइरहेको प्र.०२.०३.००१ ख ०३२९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित...
काठमाडाैँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेकाे नेपाली सेनाले जनाएको छ।भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो ।‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका सुस्मा थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।फार्मेसी संचालिका गोरखा घर भएकी २९ वर्षीया सुस्मा मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र...
काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् ।बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो ।गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका...
लमजुङ । स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो ।नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका ८२ दशमलव ७५ अंकका...
काठमाडौं । बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँट भएको छ ।बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको थियाे। बैंकले कुल कित्तामध्ये ६...
काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बुधबार तोलामा ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैंया रहेको थियो ।तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार...
काठमाडौं । मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ ।भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको...
काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् । सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे ।यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने...










