मुख्यमन्त्री शाहीद्वारा कांग्रेसको कार्यक्रम शुुभारम्भ

29

सिमकोट । कांग्रेसको कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले पार्टीको केन्द्रीय कार्यक्रम जनतासँग कांग्रेसको औपचारिक रूपमा शुुभारम्भ गरेका छन्।

केन्द्रले खटाएका प्रतिनिधि बिरामीको कारण हुम्ला आउन नसकेपछि त्यसको स्थानमा मुख्यमन्त्री शाही खटिएका थिए।

भदौ १० गतेबाट थालिनुुपर्ने काम पाँच दिनपछि हुम्लामा सुुरु भएको छ। सो कार्यक्रमका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा कांग्रेस केन्द्रीय सदस्य कर्ण बुढालाई खटाएकोमा उनी बिरामी भएपछि कार्यक्रम पछि सरेको हो।

यसका लागि एक दिन अगाडि मुख्यमन्त्री शाही जिल्लामा आएका थिए। उनले बुधबार कार्यक्रमको औपचारिक रूपमा सुरु गरेको कांग्रेस सभापति मोहनविक्रम सिंहले जानकारी दिए।

उनले कार्यक्रम सुरु भएको र अब दुुई निर्वाचन क्षेत्रअन्तर्गत कार्यक्रम सुरु गरिने बताए।

यसका लागि कांग्रेस प्रदेश कार्यसमितिले क नम्बरमा प्रदेश कार्यसम्पादन समितिका सदस्य अर्जुन महतारा र ख नम्बर प्रदेशमा प्रदेश कार्यसमितिका सदस्य एवं पूर्व पार्टी सभापति जयपति रोकायाको संयोजकत्वमा कार्यक्रम सञ्चालन हुनेछ।