Thursday, October 29, 2026
Home अर्थ घट्यो सेयर बजार

घट्यो सेयर बजार

47

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार झन्डै २२ अंकले घटेको छ। नेप्से आज २१ दशमलव ९७ अंकले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ।

आज सबै उपसमूहको सेयर घटेको छ। बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर भने उच्च अंकले ओेरालो लागेको छ।

बैंकिङ ७, व्यापार २६, होटल तथा पर्यटन ३६, विकास बैंक ६५, जलविद्युत ४९, फाइनान्स ४०, निर्जीवन बीमा ४८, उत्पादन तथा प्रशोधन ५०, माइक्रोफाइनान्स ६६, जीवन बीमा १३७ र अन्य उपसमूहमा १६ अंकको गिरावट आएको छ।

नेप्से दोहोरो अंकले घटेको दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको सेयर किनबेच भयो।

आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै २ प्रतिशतले बढेको छ।