Tuesday, June 30, 2026
Home Blog Page 762
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नम्बर १ का साथै नवलपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो ।नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँचजनाको नाम सिफारिस भएको छ । नवलपुर क्षेत्र...
काठमाडौँ । कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ ।साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौँमा ओआरएफको सहयोगमा आएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् ।जलवायु परिवर्तनको गम्भीर असर दक्षिण...
काठमाडौँ । विश्वव्यापी समस्याका रुपमा बढ्दै गएको जलवायु परिवर्तनका विषयमा दक्षिण एसियाको पहिलो सम्मेलन काठमाडौँमा सुरु भएको छ । बढ्दो तापक्रमले नेपालसहित दक्षिण एसियाका विभिन्न क्षेत्रमा परेको असर न्युनिकरण गर्ने विषयमा सम्बन्धित सरोकारवाला र यस क्षेत्रमा काम गर्ने अभियान्ता तथा नेतृत्वहरुको पहिलो सम्मेलन काठमाडौँमा मंगलबारदेखि सुरु भएको हो ।होटल र्‍याडिसनमा आयोजना गरिएको कार्यक्रम मंगलबार र बुधबार चल्नेछ । कार्यक्रमको...
तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान दिने भएको छ। पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए।यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताए।गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजारका सामग्रीमा ५० प्रतिशत...
काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ ।सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार २००...
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।सो विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) प्रस्तुत गर्नेछन्। त्यस्तै सोही विधेयकलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा लिज ट्रसलाई बधाई दिएका छन्। सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत् उनलाई बधाई दिएका हुन्।‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘लामो समयदेखिको नेपाल-बेलायत...
काठमाडौं । संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षाकर्मी छुटेका छन्।सोमबार साँझ गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ हिरासतबाट छुटेका हुन्। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई हिरासतबाट साधारण तारेखमा रिहा गर्न आदेश दिएको जानकारी दिए।मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै...
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् ।सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले...