खोटाङ । प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र खोटाङले प्रत्यक्षमा पूर्व सांसद टंक राईसहित चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।समानुपातिकतर्फ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।अहिले कामपाले कानून विपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने जनाएको हो ।कानूनीरुपमा अवैध ठहर...
काठमाडौँ । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले...
भक्तपुर । प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रहरीले धनुषा जिल्लाको ढल्केबरबाट भक्तपुर तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख १९९७ नम्बरको गाडीबाट उक्त सामाग्री जफत गरेको छ । सर्लाही, हरिवन नगरपालिका वडा नं ११ स्थाई घर भएका बर्ष २५ को किरण बिश्वकर्माले चलाई ल्याएका थिए...
काठमाडौं । दशैं आउन २० दिन बाँकी रहँदा राष्ट्र बैंकले भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने व्यवस्था मिलाइरहेको छ।
बैंकहरूले भदौ २६ गते नयाँ नोट पाउने छन्। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एकरएक बण्डल नयाँ नोट पाउने भएका हुन्। बैंक...
बाली । जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ । उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको छ ।आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनासो गरेका छन् । १८० यात्रुहरु अझै पनि बालीमा फसेको जेटस्टारले जनाएको छ । अष्ट्रेलियाको एयरलाइन...
काठमाडौँ । आफ्नै कार्यकाल बारे संसदमा बहस भएको छ। कार्यकाल सकिन लागेका बेला कहिलेसम्म अवधि कायम राख्ने भन्ने विषयमा छलफल भएको हो।प्रमुख प्रतिपक्षी दल एमालेले चुनावपछि पनि संसदको कार्यकाल थप्ने विधेयक फिर्ता लिन माग गरेको छ।
विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका सांसदहरुले मनोनयन गरेपछि पनि संसदको कार्यकाल लम्ब्याउने कुरा स्वीकार्य नहुने बताएका हुन्।एमालेका सांसदहरुले विधेयक फिर्ता लिन यदि नलिने हो...
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका व्यक्ति हुन् कमल बहादुर तामाङ्ग । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनी पार्टीको तर्फबाट बागमती प्रदेश सांसदकालागि समानुपातिक सूचिमा सिफारिसमा परेका छन् । सामानुपाति सूचिमा धेरैको नाम भएपनि पार्टीले युवालाई मौका दिनेमा तामाङ्ग ढुक्क छन् ।जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १ गैरिगाउँ स्थायी...
काठमाडौँ । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्यमाथि संसदमा प्रश्न उठेको छ।राणाले बयानका क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले उनको स्वास्थ्य स्थिति परीक्षण गर्न सांसद गजेन्द्र महतले माग गरेका हुन्।उनले भने, ‘प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लान्छना लगाइरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परीक्षण गराउन माग गर्दछु।’
काठमाडाैँ । क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग मंगलबारबाट सुरु हुँदैछ।३२ टिमलाई यसअघिनै ८ समूहमा वर्गिकरण गर्दै खेल तालिका सार्वजानिक गरिसकिएको छ। यो पटकको ‘ग्रुप अफ डेथ’का रुपमा समूह ‘सी’लाई लिएको छ। जहाँ स्पेनिस जाइन्ट बार्सीलोना, जर्मन च्याम्पियन बार्यनम्युनिख, र इटालिको दाबेदार इन्टर मिलानका साथमा चेक रिपब्लिकको भिक्टोरिया पेजन रहेका छन्।मंगलबार सुरु हुने खेलमा पिएसजी र युभेन्टसबिचको...










