Wednesday, September 23, 2026
Home राजनीति राणाको मानसिक स्वास्थ्यको परीक्षण गर्न माग

राणाको मानसिक स्वास्थ्यको परीक्षण गर्न माग

76

काठमाडौँ । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्यमाथि संसदमा प्रश्न उठेको छ।

राणाले बयानका क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले उनको स्वास्थ्य स्थिति परीक्षण गर्न सांसद गजेन्द्र महतले माग गरेका हुन्।

उनले भने, ‘प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लान्छना लगाइरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परीक्षण गराउन माग गर्दछु।’