Wednesday, September 23, 2026
Home खेलकुद च्याम्पियन्स लिग फुटबल सुरु

च्याम्पियन्स लिग फुटबल सुरु

85

काठमाडाैँ । क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग मंगलबारबाट सुरु हुँदैछ।

३२ टिमलाई यसअघिनै ८ समूहमा वर्गिकरण गर्दै खेल तालिका सार्वजानिक गरिसकिएको छ। यो पटकको ‘ग्रुप अफ डेथ’का रुपमा समूह ‘सी’लाई लिएको छ। जहाँ स्पेनिस जाइन्ट बार्सीलोना, जर्मन च्याम्पियन बार्यनम्युनिख, र इटालिको दाबेदार इन्टर मिलानका साथमा चेक रिपब्लिकको भिक्टोरिया पेजन रहेका छन्।

मंगलबार सुरु हुने खेलमा पिएसजी र युभेन्टसबिचको खेल बहुप्रतिक्षित मानिएको छ। फ्रेन्च च्याम्पियन पिएसजी विगत लामो समयदेखी च्याम्पियन्स लिग जित्नका लागि प्रयासरत रहेको छ। यस्तोमा इटालियन दाबेदार युभेन्टसपनि प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ। यी दुई बिच पिएसजीको मैदानमा नेपाली समय अनुसार राति १२:४५ मा प्रतिस्पर्धा सुरु हुनेछ।

त्यस्तै च्याम्पियन्स लिगका अन्य खेलमा इंग्लिस क्लब चेल्सीले क्रोएसियन क्लब डाइनामो जाग्रेबको सामना गर्दैछ। त्यसैगरी रियल म्याड्रिडले सेल्टीक तथा म्यानचेस्टर सिटीले सेभिल्ला सँग प्रतिस्पर्धा गर्नेछ। अन्य खेलमा बौरुसिया डर्टमुन्डले एफसी कोपनहेगन तथा एसि मिलानले साल्सबर्ग, सख्तर डोनेस्कले आरबि लेइपजिङ तथा बेनिफिकाले मासाबि हाइफासँग प्रतिस्पर्धा गर्नेछ।