Monday, June 29, 2026
Home Blog Page 758
काठमाडौँ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो ।भारतले पाकिस्तानविरुद्ध सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औँ मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को...
काठमाडौँ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।पछिल्लो विवरण अनुसार गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको छ भने १४ जना बेपत्ता भएका छन् । सो क्षेत्रमा अरु १७० जना घाइते भएका बताइएको...
काठमाडौँ । सेयर बजार बुधवार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ। नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ।बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड...
काठमाडौं । निर्वाचन आयोगले आजबाट नमुना मतपत्र छपाइ शुरू गरेको छ । आयोगको टोलीले हिजो जनक शिक्षा सामग्री संस्थान लिमिटेडमा नमुना मतपत्रको छपाइ गर्न निर्देशन दिएपछि आज बुधबारबाट छपाइ शुरू हुन लागेको हो ।करिब एक सातादेखि नेपाली सेनाको टोली जनक शिक्षा पुगिसकेको छ । आयोगले १५ गतेबाट नमुना मतपत्र छपाइ गर्न तयारी गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै...
काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौं नेत्रालयको सेवासुविधामा विशेष छुट पाउने भएका छन् । बैंकले १९ भदौमा दिन गोल्फुटारस्थित काठमाडौँ नेत्रालय प्रा.लि.सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।सोसम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट हात्तीगौँडा शाखा कार्यालयका प्रमुख कृष्ण दवाडी र काठमाडौँ नेत्रालयका तर्फबाट निर्देशक रोहित सैँजुले हस्ताक्षर गरेका छन् ।बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौताअनुसार...
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले बुधबारदेखि आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट १५ दिनभित्र इन्स्याेरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त...
काठमाडौं । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहले अभद्र व्यवहारको कसूरमा थुनामा रहेका उनीमाथि अनुसन्धान नसकिएका कारण म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन लागेको बताए ।यसअघि प्रशासनले उनलाई १० दिन...
वीरगञ्ज । स्थानीयबासिन्दाले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि प्रहरीले तीन जना भारतीय महिलालाई पक्राउ गरेको छ । वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले उनीहरुको सुरक्षाका लागि र थप...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । मंगलबार साँझ प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध उजुरी परेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रवीन्द्र धानुकले जानकारी दिए ।हाल लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । उनी ६ भदौमा वेस्ट इन्डिज गएका थिए । सन्दीपले नाबालिकालाई ५ भदौमा पिंगलास्थानको...
काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्‍तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेकाे प्रहरी वृत्त गौशालाले बताएकाे छ। प्रहरीले विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडाैँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीद्वारा कप्तान लामिछानेमाथि सुक्ष्म अनुसन्धान भइरहेकाे जनाएकाे हाे।प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको...