Monday, June 29, 2026
Home Blog Page 757
जनकपुरधाम । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ।कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो। रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको...
काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यान सचिव प्रशान्त...
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६ जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ ।कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी...
काठमाडौँ । बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ। अनुसन्धानका क्रममा उनी बसेको भनिएका नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज संकलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ।प्रहरीको टोली बुधबार नगरकोट गएको र त्यहाँको होटलको सिसिटिभी फुटेजलगायतका आवश्यक प्रमाण संकलन गरिरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन्। काठमाडौँ प्रहरी...
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण बुधबार पनि कसैको...
काठमाडौँ । नेपाली कांग्रेसले आगामी संघ र प्रदेश सभा निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजक महामन्त्री विश्वप्रकाश शर्मालाई तोकेको छ।बुधबार पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शर्माले पार्टीले आगामी पाँच बर्ष गर्ने कार्यक्रम समेटेर घोषणापत्र तयार पार्ने जिम्मा पाएका हुन्।संयोजक शर्माले समितिका सदस्यहरु मनोनित गरेर छिट्टै...
काठमाडौं । फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन् ।समाचारअनुसार ‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन् । यो फिल्मको बजेट ४ सय ५० करोड हो । उनको यो पारिश्रमिकसँगै बलिउडमा...
दाङ । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।ट्राफिक प्रहरी प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गरे।भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार...
काठमाडौं । इग्लिस फुटबल क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। गएराति भएको च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा चेल्सी पराजित हुन पुगेको थियो। साथै पछिल्लो समय चेल्सी खराब प्रदर्शनको सिकार हुँदै आएको थियो।मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग १–० ले पराजित भएपछि टुचेल बर्खास्तीको जोखिममा रहेका थिए।४९ वर्षीय टुचेललले यसअघि बौरुसिया डर्टमुन्ड...