समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन : राष्ट्रपति

63

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छन् । किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौँमा आयोजित दुई दिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभई ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन्।

उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिइन्। यसका लागि यसका लागि कारागार र  सार्वजनिक स्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उनले बताइन् । त्यस्तै उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने र जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने बताइन्।

कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो । शनिबारसम्म चल्ने जात्रामा करिब ६० प्रकाशन गृहका पुस्तक प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।