काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित छ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशभर आंशिक देखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी...
चितवन । भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किएका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो ।
प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए...
काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदै ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आईतबार)देखि विधिवत् आरम्भ गरिंदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। शोक व्यक्त गर्न देउवा शनिबार दूतावास पुगेका हुन्।
उनले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार दूतावास पुगेर शोक व्यक्त गरेकी थिइन्। महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३...
काठमाडौं । अस्ट्रेलिया कप्तान आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्ध उनले अन्तिम तथा १४६ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।यद्यपि अर्को महिना घरेलु मैदानमा हुने टी–२० विश्वकपमा भने उनले अष्ट्रेलियाको कप्तानी जारी राख्नेछन्। ‘अहिलेसम्मको यात्रा गजबको रह्यो। उत्कृष्ट एकदिवसीय टोलीको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। मैले क्रिकेट खेलेका सबैसँग आशिर्वाद र साथ पाएको छु’,...
चितवन । ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छिन्। आज पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् ।हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,’ मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति...
भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् ।बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँंदै...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो (संशोधन) ऐन २०७९ बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा.करण शाहमाथि शारीरिक हमला गर्ने दोषीलाई पूर्पक्षमा राखि जिल्ला अदालतबाट उक्त ऐन बमोजिम कानूनी कारबाही अगाडी बढेको छ ।जिल्ला अदालतबाट गरिएको निर्णयका सम्बन्धमा पुनरावेदनमा जान सक्ने प्रावधानसमेत सुरक्षित रहेकोले निर्णयको पूर्णपाठ आएपश्चात् कानूनी परामर्श लिई अगाडी बढ्ने विज्ञप्ती मार्फत...
बेलबारी । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् ।सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ...
बारा । गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युटुब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो ।गायक तथा संगितकार बिकास पाण्डेको शब्द र संगीत रहेको गितको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ ।...










