काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ।
जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी...
हङकङ । ‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँचजना 'स्पिच थेरापिस्ट'लाई जेल सजाय सुनाइएको छ । बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हाे ।
भेडाहरुले आफ्नो गाउमा ब्वाँसाहरूलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् ।
पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन्...
काठमाडौं । सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, आइतबार चाँदीको भाउ...
रुपन्देही । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका- ११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन्।
तीमध्ये लम्साल र पौडेल बुटवलको- ११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए।
शुक्रबार विद्यालय...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ।
सूचक १९३८.२० विन्दुमा अडिएको छ। ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ११ वटा कारोबार भएको छ। ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ।
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ।नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघलाई...
काठमाडौँ । राष्ट्रियसभाको बैठक सारिएको छ। आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुयाँलले जानकारी दिए।
बेलायती...
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदै छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्याह्न साढे १२ बजे सुरु हुने आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहनेछ । समितिले ४२ वटामध्ये यसअघि १२ वटा प्रश्न सोधिसकेको छ।
महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन्। मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे,...
काठमाडौं । दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो ।
भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ । यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर...
भक्तपुर । मध्यपुर थिमी न.पा. ७ भक्तपुर जिल्लाव्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । ब्याडमिन्टन इतिहासमा नै नौलो प्रस्तुति जिल्लाव्यापी वडा प्रतियोगितामा थिमी ७ ले एक स्वर्ण दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो ।यस्तै, दोश्रो स्थानमा रहेको मध्यपुर थिमी ८ एक स्वण र एक कांस्यपदक प्राप्त गर्न सफल भयो ।...










