रौतहट । राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना १० वर्षे बालिकाको मृत्यु भएको छ ।
सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु...
मोरङ । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका–५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् ।
जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।...
काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन्...
काठमाडौ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार पारेको छ । पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो ।शुक्रबार समितिको बैठकमा सबै एक एक लाइन पढेर सुनाएर हस्ताक्षर घराउने काम जारी छ । सबै पेजमा एक एक लाइन पढेर हस्ताक्षर गराउँदा सात घन्टाभन्दा बढी समय लाग्ने समिति सदस्य...
काठमाडौं । कारोबारको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार...
काठमाडौं । मोरङ, बाँके, झापा र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट करिब १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगरसहित सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय विशाल भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । को.३५ प २२६६ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल...
धनुषा । धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ ।
उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट...
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्रे भएका छन्। जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ।मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्रे भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो। ‘केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर...
जनकपुरधाम । सर्लाहीमा चामल भनेर चिनी लोड गर्ने दुईवटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
बिहीवार हरिवन नगरपालिका- १० नयाँरोडस्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
हरिवन १० स्थित नयाँरोड बरहथवा सडकखण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६५८५ नम्बरको ट्रक र ना ७ ख...
नेपालगञ्ज । बाँके प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका वडा नं. ४, एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।चौधरी भारतबाट पैदल आइरहेका थिए। प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाइराखेको पाँच पोका ब्राउनसुगर फेला परेको थियो। प्रहरीले चौधरीका बारेमा...









