Saturday, June 20, 2026
Home Blog Page 71
काठमाडौं । बागगमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बनेका हुन्।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो। आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ।...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जाने बताए...
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले नेतृत्व विरुद्ध बोल्न बन्द गरेको छ । नेतृत्वविरुद्ध बोल्नेहरुलाई चुप लाग्न चेतावनी दिँदै र अध्यक्ष पुष्पकमल दाहालको गुनगान गर्दै पार्टीको बैठक सकिएको हो । माओवादी केन्द्र टुटफुटको शृङ्खलाबाट गुज्रिँदै आएको छ । तर झन्डै चार दशकदेखि दाहालले नै पार्टीको नेतृत्व गरिरहनुभएको छ । दाहाललाई चुनौती दिनेहरु क्रमश बाहिरिँदै गएका छन् ।...
काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा झण्डै दोब्बर पुगेको छ । बैंकले आर्थिक वर्ष २०८१-८२ मा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको थियो । यो वर्षको नाफा वृद्धि झण्डै ९३ प्रतिशत हो । यसरी नाफा बढ्नुमा बैंकको व्यवसाय विस्तार, सेवा विस्तारमा सुधारदेखि खराब कर्जामा सुधारसम्म...
पाँचथर । दाजुबहिनी मृत अवस्थामा भेटिएका छन । पाँचदिनदेखि हराइ रहेका याङवरक–१ च्याङथाको बिरुवा खोलामा मृत अवस्थामा भेटिएको हो । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राई शुक्रबार बिहानैदेखि सम्पर्क विहिन थिए । याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङका अनुसार उनीहरु विरुवा स्थित पूर्ण आधारभुत विद्यालय माथि रहेको आफ्नो घरमा हजुरबा हजुरआमासँग...
काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो । उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पर्सा । प्रहरीले कटुवा पेस्तोलसहित पर्सा विन्दवासिनी गाउँपालिका-५ प्रसौनीभठ्ठा घर भई वीरगन्ज १६ इनर्वागाउँ बस्दै आएका ४० वर्षीय साहेव खाँ पक्राउ परेका छन् । एक अपरिचित व्यक्तिले कटुवा पेस्तोल साथमा लिइ सर्वसाधारणलाई डरत्रास देखाउँदै हिँडिरहेको भन्ने सूचनाका आधारमा आइतबार साँझ ६ बजे वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ इनर्वागाउँको मस्जिद नजिकबाट खाँलाई नियन्त्रणमा लिएको थियो । उनी...
काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षको बैठक बसिरहेको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरू पनि सहभागी छन् । वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, पदमुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा। धवल शमशेर राणा, महामन्त्री कुन्ती कुमारी शाही, तीन सहायक महामन्त्रीहरु प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्र बहादुर शाह बैठकमा...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले उपमहासचिव जनार्दन शर्मालाई चेतावनी दिने निर्णय गरेको छ। तीन दिनसम्म चलेको यी समिति बैठकले नेतृत्वबारे बाहिर जथाभावी बोल्दै हिँडेकोले उपमहासचिव शर्मालाई पार्टी अनुशासनबारे सम्झाउने र 'अबदेखि यसो नगर्न' चेतावनी दिने निर्णय गरेको छ । उपमहासचिव शर्मामाथि अध्यक्ष प्रचण्डनिकट नेताहरूले गुट सञ्चालन गरेको आरोप लगाएका थिए भने पार्टी बैठकमा कुरा नराखेर...