Sunday, September 20, 2026
Home राजनीति राप्रपा असन्तुष्ट पक्षको भेला जारी

राप्रपा असन्तुष्ट पक्षको भेला जारी

11

काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षको बैठक बसिरहेको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरू पनि सहभागी छन् । वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, पदमुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा। धवल शमशेर राणा, महामन्त्री कुन्ती कुमारी शाही, तीन सहायक महामन्त्रीहरु प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्र बहादुर शाह बैठकमा सहभागी छ ।

असन्तुष्ट पक्षको छलफलको एजेण्डा अध्यक्ष लिङ्देनले पार्टीका नेताहरूलाई गरेको कारबाही सम्बन्धमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी गराए । साथै, बागमतीका अध्यक्ष विक्रमबहादुर थापा, कर्णालीका अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जगत गौचन, प्रवक्ताबाट अध्यक्ष लिङ्देनले हटाएका सगुन सुन्दर लावती, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ लगायत ७० जनाको बैठक बसिरहेको असन्तुष्ट पक्षले जनाएको छ ।