एजेन्सी । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो ।
भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा तीन सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरुले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० दिवसको अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराउनुभयो ।...
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १, कोशी पलारमा पहेंलपुर भएर पाक्दै गरेको धानबाली । यस वर्ष धान उत्पादन राम्रो हुने किसानले अनुमान गरेका छन् । तस्बिरः अरुणकुमार यादव/रासस
भक्तपुर । नेपाली कांग्रेस केन्द्रिय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा नेकपा एमाले प्रवेश गरेका छन् । उनीसंगै राप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेसका दामोदर भट्टराई, नानु नेपाली, नेकपा एसबाट अर्जुन बस्नेत, उध्दब चौलागाई लगायत २५ जना मंगलबार एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा र माला लगाइ पार्टीमा स्वागत गरेका...
राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।
“उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।” यही...
भक्तपुर । मंसिर ४ गते हुने संघीय तह र स्थानीय तहको निर्वाचन हुदैंछ । सो निर्वाचनमा नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ को प्रदेश सभा (क) तर्फका उम्मेदवार हुन् मोहनवीर श्रेष्ठ । २०२४ साल फागुन १४ गते हालको चाँगुनारायण नगरपालिका वडा न. ४ चाँगुमा जन्मिएका श्रेष्ठले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
वि.स २०३८ सालमा अनेरास्ववियूमार्फत विद्यार्थी...
सिन्धुपाल्चोक । हेलम्बु राजमार्गअन्तर्गत इन्द्रावती नदीमा रहेका पुल अवैधरूपमा गिट्टी र बालुवा निकाल्ने गरेकाले जोखिममा परेका छन् । सडक जोड्ने पक्की पुल तथा झोलुङ्गे पुल रहेको स्थानदेखि पाँच सय मिटरभित्रको दायाँबायाँका ठाउँमा गिट्टी र बालुवा झिक्न नपाउने कानूनी प्रावधान रहे पनि हालसम्म सम्बन्धित निकाय मौन रहेकाले एक दर्जन पुल जोखिममा परेको सिपाघाटका किशोर विद्याधरले बताउनुभयो ।पुल रहेकै क्षेत्रमा...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालमा उपचाररत रहेकी उनीमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यही अवस्था...
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।कतारको दोहाबाट बिहीबार बिहान...
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा...










