काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक भएको छ।
निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजिक गरेको हो।
आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २...
रूपन्देही । जिल्लाको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेललाई चुनाव लड्न सजिलो भएको छ।
गत वैशाखमा भएको स्थानीय चुनावमा रूपन्देही २ का पालिकाहरूमा वडाध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन दुई हजारभन्दा बढी मतले अघि देखिन्छ।२३ वडा रहेको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले १६ वडा जितेको...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता उद्घाटनअगावै सुरु भएका हुन् । पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ ।पोखरामा नवौँअन्तर्गत अहिले महिला क्रिकेट, फेन्सिङ र...
काठमाडौँ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप २९ जना कोरोनामुक्त भएका...
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक ९०.८६ प्रतिशत ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ ।दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई...
सुर्खेत । कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४-४ जना,...
बङ्गलादेशको ढाकामा भोलि बुधबारदेखि सुरुआत हुने शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असोज २६ देखि कात्तिक ४ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा...
काठमाडौं । नेपालको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ । डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।
डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको...
भक्तपुर । प्रहरीले भक्तपुरमा ११ वर्षकी बालिका जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
सोमबार राति सूर्यबिनायक नगरपालिका-२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको हो ।
नुवाकोट नै घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरमा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी...










