काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ।चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाइ भेट गरेको नेपाली सेनाले जनाएको छ।भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए।यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप...
जुम्ला । लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।वर्षाले खेतमा पाक्नै...
भक्तपुर । भक्तपुर जिल्लाबाट पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई शुभकामना तथा बिदाई कार्यक्रममा सम्पन्न भएको छ ।
सो अवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापा, उपप्रमुख सुजाता बाडे वैद्य, प्रशिक्षक तथा रेफ्रीहरुले खेलाडीहरुलाई शुभकामना तथा बिदाई गरेका थिए । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले खेलाडीहरुलाई जिल्ला र बागमती प्रदेशको...
काठमाडौं । बागमती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ ।बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा...
भक्तपुर । मङ्सिर ४ गते हुने निर्वाचनकोलागि मनोनयन दर्ता गरेका केही उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैक्रममा भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र १.को(क) चाँगुनारायण नगरपालिका प्रदेशमा राप्रपा नेपालले नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । राप्रपा नेपालका प्रदेश सभाका उम्मेदवार श्याम प्रसाद नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । आफुले एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, तितो करेला, तोरीको साग र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको छ । त्यस्तै, अमला ८६ रुपैयाँ, रायोको साग, माछे खुर्सानी अम्बा ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ३५ रुपैयाँ, हाइब्रीड काक्रो १८ रुपैयाँ ३३ पैसा, किवि ३२५ रुपैयाँ, केरा १२५ रुपैयाँ, कागती १७५ रुपैयाँ, अकबरे खुर्सानी र तराई गाजर ८५...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ ।यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।
काठमाडौँ । आज साताको चौँथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँले बढेको छ ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपियाँले बढेर ९४ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपियाँमा कारोबार भइरहेको महासंघले...
काठमाडौं । डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् ।डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन । धादिङबेँसीस्थित धादिङ अस्पतालमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ।नेपालमा निरन्तर घटेको अष्ट्रेलियन डलरको खरिद मूल्य मंगलबार एक...










