Sunday, September 27, 2026
Home समाज थप ५१ जनामा कोरोना संक्रमण

थप ५१ जनामा कोरोना संक्रमण

31

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।

बिहीबार २१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ७२५ पीसीआर तथा १ हजार ६१ एन्टिजेन परीक्षण भएको छ।