Thursday, June 25, 2026
Home Blog Page 691
काठमाडौँ । युक्रेनको राजधानी किभमा रुसी फौजले आत्मघाती ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आन्द्रेई येरमाकले आत्मघाती ड्रोनबाट रुसी फौजले आक्रमण गरेको जनाएका हुन् ।किभका मेयर भिताली क्लित्स्कोले सहरको सेभ्चेन्किभ्स्की क्षेत्रका आवासीय क्षेत्रलाई लक्षित गरी ‘कामीकाजी’ ड्रोनबाट आक्रमण भएको जनाएका छन् । युक्रेनी रेल सेवाका अधिकारीले आक्रमणबाट किभको मुख्य स्टेशननजिकै क्षति पुगेको जनाएका छन् ।सोमबार बिहान...
काठमाडौँ – विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानी कर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यका लागि शेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market विषयमा प्रशिक्षण दिएको छ।कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, आइतबार सम्पन्न भएको हो।रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको...
काठमाडौँ । सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको...
काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल-अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर बनेको फिल्म ‘नालापानी’ सरकारी अधिकारिहरूले हेरेका छन् ।आइतबार चलचित्र विकास बोर्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतले फिल्म हेरेका हुन् ।आगामी...
काठमाडौँ । इरानको राजधानी तेहरानस्थित इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।यसअघि उक्त कारागारमा भएको आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु भएको र अरु ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले आइतबार जनाएको थियो ।इभिन कारागारको वार्डका केही कैदीहरूबीच झडप भएको र पछि आगलागी भएको जनाइएको छ । मृतकमध्ये अधिकांशको विषाक्त...
धनगढी । दार्चुलामा अरिंगालकाे टाेकाइबाट बालकको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका ६ ग्वानीमा अरिंगालले टाेक्दा बालकको मृत्यु भएको हो।आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले टाेक्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले टाेकेकाे थियाे। अरिंगालले टाेकेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए...
बैतडी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ ।सार्वजनिक खेलतालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् ।कैलालीको फाप्ला मैदानमा समूह ‘ए’ का र कञ्चनपुरको...
काठमाडाैँ । नेपाली सेनाका एक जना हुद्दा(हवल्दार) साेमबार बिहान काठमाडौँको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।नुवाकोट घर भई हाल काठमाडौँको तीलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लबमा झुण्डिएको अवस्थामा फेला परेकाे नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।उनले भने,’उनी गल्फ क्लबमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। सुसाइट नाेट फेला परेकाे भन्ने...
काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन्। ६७औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जलि तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्ताे बताएका हुन्।देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै मुख्यमन्त्री पाेखरेलकाे भनाइ छ। नेपालमा जहानियाँ राणा शासनको...