प्रभु क्यापिटलद्वारा सचेतना प्रशिक्षण

53

काठमाडौँ – विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानी कर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यका लागि शेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market विषयमा प्रशिक्षण दिएको छ।

कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, आइतबार सम्पन्न भएको हो।

रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए।