Wednesday, June 24, 2026
Home Blog Page 682
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।बझाङको मष्टा गाउँपालिका–१ चिउरीमा चैनपुर देखी रनडातर्फ जाँदै गरेको सु.प.प्र.०४००१ च ०१११७ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिप अनियन्त्रित भई बुधबार सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।मृत्यु हुनेहरूमा मष्टा गाउँपालिका–२ बस्ने १३ वर्षीय सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४...
काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसतर्फ विभागीय टिम त्रिभवुन आर्मी क्लबले चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ।यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो बन्दा बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा एपिएफले एक कास्य र तीन रजत हात पार्‍याे।नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले...
जनकपुरधाम । स्रोत नखुलेको २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्तालाई पक्राउ गरेको हो ।सवारीसाधन जाँच गर्ने क्रममा कामदले चलाएको प्र-०१-०२-०४६प ५६३१ नंको मोटरसाइकल पछाडि सवार गुप्ताले बोकेको कालो रङको झोलाभित्र स्रोत नखुलेको...
काठमाडाैँ । सन् २०१० मा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेकाे छ। हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ।हाम्राे पात्राेले एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाइसकेकाे छ। सन् २०१० मा आइ‌‌‌ओएसमा रिलिज गरिएको पात्रो क्रमशः सन्...
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड...
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु गरेको छ।पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ।समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ।यसबाहेक निर्वाचन आयोगले...
काठमाडाैँ । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए। नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी...
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ। उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो।आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो। उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ।निसिमको अर्धकदको शालिक राखिने भएको छ।...
लन्डन । बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ।राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लङ्घन’ भएको स्वीकार गर्दै अगाडि भनिन्, ‘मैले गल्ती गरेको छु। म जिम्मेवारी स्वीकार गर्छु र राजीनामा गर्छु।’क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो।
पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी एथ्लेटिक्सकाे अन्तिम दिनको खेल सकिएसँगै सबै ३७ स्वर्णको टुंगो लागेको छ। सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्णसहित आर्मी शीर्ष स्थानमा रहँदा एपिएफ दोस्रो बन्यो। एपिएफले १० स्वर्ण जित्दा, नेपाल पुलिस, लुम्बीन र बागमतीले समान २-२ स्वर्ण हात पारे।९ राष्ट्रिय कीर्तिमान, तीनवटा जयरानीको नाममाएथ्लेटिक्समा जारी संस्करणमा ९ राष्ट्रिय कीर्तिमान कायम भए।...