Saturday, September 26, 2026
Home समाज हाम्रो पात्रो १३औँ वर्षमा प्रवेश

हाम्रो पात्रो १३औँ वर्षमा प्रवेश

44

काठमाडाैँ । सन् २०१० मा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेकाे छ। हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ।

हाम्राे पात्राेले एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाइसकेकाे छ। सन् २०१० मा आइ‌‌‌ओएसमा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा एन्ड्राेइडमा रिलिज भएको थियो। सन् २०१५ मा १० लाखभन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो।

सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गर्‍यो। १२औंँ वार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन्। सन् २०१९ मा हाम्रो पात्रोमार्फत् मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालियो। सन् २०२० मा ई-कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो। हाम्राे पात्राेले अब हाम्रो पे पनि थप्दैछ।