दाङ । १ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीलाई राखेर विद्यालयमै भाषण ठाेकेपछि दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वली विवादमा परेकी छिन् । उनले कार्तिक १५ गते साे कार्यक्रम गरेको बताइएको छ।चुनावका बेला विद्यार्थीलाई राखेर विद्यालयमै उक्त कार्यक्रम गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ।निर्वाचन आचारसंहिताले चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन् । शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उनले आफ्नो पार्टीले चुनाव जितेर सरकार बनाएमा लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने दाबी गरे ।‘आज दार्चुलाबाट हामीले चुनावको विशेष अभियान थालेका छौं । दार्चुलाको खलंगामा उभिएर म दुईवटा कुरा ग्यारेन्टी गर्न चाहन्छु– पछाडि परेको...
काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिने भएको छ ।जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्।नाबालिकमाथि बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षका लागि धुनामा पठाएको छ ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले ब्याजदर वृद्धिकोविरुद्धमा शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ। संघले कात्तिक १८ गते बिहान ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा माइतीघरमा १ घन्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।मौन प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी छन्। उपाध्यक्ष त्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आन्दोलनको अग्र पंक्तिमा छन्। बैंकले ब्याजदर प्रिमियम,चालु पूँजी...
काठमाडौँ । पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक १८ गते...
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।बिहीबार प्रतितोला ९३ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ सय रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैगरी आज चाँदीको मूल्य पनि बढेको...
चितवन । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरे ।प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताए । उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नोतर्फबाट पहल...
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार मुस्ताङमा रहेकाे प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेकी छन् ।मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्न उनी त्यहाँ पुगेकी हुन् ।राष्ट्रपति भण्डारी आज बिहान करिब ८ बजे मुक्तिनाथ पुगेकी हुन् । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपति भण्डारीले गत...
काठमाडौं । डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो। माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण...










