काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आइतबार प्रतितोला ९४ हजार ५ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपियाँले घटेर ९४ हजार ३ सय रुपियाँमा कारोबार भैरहेको छ।आज तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज चाँदीको मूल्य पनि घटेको छ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।
काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ फेसबुक पेज सामाजिक सञ्जालमा समूह सञ्चालन गर्नेहरू विरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले आइतबार कारबाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो ।उम्मेदवारहरूविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानको फेसबुक पेज र समूह बन्द गर्न निर्देशन दिएको थियो...
दाङ । तुलसीपुर-१३ की रोशनी महतरा र दंगीशरण-६ थपगाउँका शरद आचार्य विद्युतीय पासोमा पारेर मृत्यु भएको घटना विवरण प्रहरीले सार्वजनिक गरेकाे छ।विद्युतीय धराप थाप्ने चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले पच्चीस दिनपछि अनुसन्धानलाई निष्कर्समा पुर्याउँदै आराेपितलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख वीरबहादुर ओलीले जानकारी दिए।प्रहरीले घटनामा संलग्न रहेको भन्दै तुलसीपुर-१३ का ३९ वर्षीय गणेश भन्ने हरिशचन्द्र...
न्युयोर्क । फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ ।गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
ओखलढुङ्गा । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ रहेका छन्।किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कास्की । कास्की क्षेत्र नं ३ मा निर्वाचन बहस निकै गरमागरम छ । गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता रामजी प्रसाद बराल ‘जीवन’ को उम्मेद्वारीले यस क्षेत्रको निर्वाचन चर्चा निकै विशेष छ । बराल संयुक्त गठवन्धनको तर्फका साझा उम्मेद्वार हुन् ।बरालको प्रतिस्पर्धामा नेकपा (एमाले) का नेता दामोदर पौडेल (बैरागी) चुनावी मैदानमा छन् । उनी कास्कीमा परिचित...
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।शुक्रबार प्रतितोला ९३ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ४ सय रुपियाँले बढेर ९४ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य ९४ हजार रुपियाँ रहेको छ ।यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा, बरेला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको जनाएको छ।यस्तै अमला, डल्लो फर्सी, लप्सी, भिण्डी, तरुल, ठूलो नेपाली गोलभेँडा र हाइब्रिड घिउ सिमी प्रतिकेजी ७५ रुपैयाँ, अम्बा १५५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ३३ पैसा, सेतो आलु ५७ रुपैयाँ ६७ पैसा, इमली १४५...
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपियाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.७३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपियाँ खुद...









