Wednesday, October 14, 2026
Home समाज बाल यौन दुरूपयोग, युवक पक्राउ

बाल यौन दुरूपयोग, युवक पक्राउ

91

ओखलढुङ्गा । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ रहेका छन्।

किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।