ललितपुर । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताएका छन् ।क्षेत्र नं ३ का विभिन्न स्थानमा आज आयोजित घरदैलो कार्यक्रममा उनले ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने बताए । आइतबार उनले ललितपुर महानगरपालिका वडा नं २६ को...
काठमाडाैँ । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन्।सोमबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताएकी हुन्।नेतृ घर्तीको टिमले साेमबार काठमाडौँ क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरूसँग...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ।
घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ।...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७० अंकले बढेको छ । यससँगै सूचक १९६८.०६ विन्दुमा आएको छ ।४७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १८ सय ७८ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ६१ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।बाँकी...
काठमाडौँ । सिद्धार्थ बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको छ ।यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक...
एजेन्सी । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा विमानलाई अनुकूल बनाएपछि ७ फिट ०७ इन्च अग्ली महिलाको विमान चढ्ने सपना पूरा भएको हो । २४ वर्षीया गेल्गीले पहिले कहिल्यै विमानमा यात्रा गरेकी थिइनन् । उनी बाल्यकालमा पनि एयरलाइन सिटमा बस्न नसक्ने अग्ली थिइन् ।तर, अहिले उनी विदेश...
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा बसाइ लम्बिएको छ।झण्डै एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा गत आइतबार काठमाडौँ फर्कने भनिए पनि केही दिन उतै रहने भएका हुन्।आसन्न प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका आफ्नो निर्वाचन क्षेत्रमा लगातार चार दिन चुनावी सभामा व्यस्त रहे।डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा हिजो साँझ धनगढी आइपुगेका छन्।प्रधानमन्त्रीको सचिवालयका...
खोटाङ । खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन्।आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कालीमाटीमा साढे १७ रुपैयाँदेखि ७५० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने जनाएको छ। सोमबार सबैभन्दा सस्तो स्कुसको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महङ्गो पार्सले प्रतिकेजी ७५० रुपैयाँ रहेको छ।त्यस्तै, अनार प्रतिकेजी ४२५ रुपैयाँ, अमला र राजमा घिउ सिमीको मूल्य ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २२५...
डोटी । पुर्व मन्त्री तथा डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले अबको पाँच वर्षको कार्यकालमा उत्तर–दक्षिण जोड्ने सडक निर्माण गर्ने बताएका छन् । डोटीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै धनगढी–खुटिया–दिपायल–सायल–बझाङ चैनपुर–उरैसडक कालोपत्रे सडक निमार्ण गरी उत्तर–दक्षिण सडक निमार्ण गर्ने बताएका हुन् ।२०७० मा संविधान सभा सदस्य र २०७४मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका पूर्व मन्त्री आलेले आफूले जिते भारतसँग...










