काठमाडाैं । काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक १८१६ मत अन्तरले अग्रता लिएका हुन् ।
१८,७९७ मत गणना हुँदा युवा नेता पौडेलको ६,१८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको ४,३६५ प्राप्त भएको क्षेत्र...
काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।
काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग अग्रता फराकिलो बनाइरहेका छन् ।राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् ।धवलशमशेर एमाले गठबन्धनका र सुदीप सत्ता गठबन्धनका उम्मेदवार...
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले नेकपा एमालेका अमृत खड्कासँग अग्रता बढाएकी छिन् ।तोसिमाले ५ हजार १२३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।
परासी । नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् ।नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् ।रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका...
इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् ।नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् ।पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।
काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ।चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा ठोक्किदा उनको निधन भएको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र न. २ को प्रदेशसभा २ को पछिल्लो मतपरिणाम अनुसारका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
काठमाडौँ । काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये चारवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता कायम गरेका छन्।घण्टी चिन्ह लिएर चुनावमा गएको स्वतन्त्र पार्टीले काठमाडौँका २, ६, ७ र ८ नम्बर क्षेत्रमा अग्रता कायम गरेका हुन्।काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छिन्। उनले १६९ मत पाएकी छिन्।त्यस्तै एमालेका मणिराम फुयालले १०९, गठबन्धकी ओनसरी घर्ती ८१ र राप्रपाकी...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् ।तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी उम्मेदवार हुन् । अहिलेसम्म ३ हजार ६५८...










