काठमाडौं । प्रतिनिधिसभा तर्फ समानुपातिक निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौथो...
चितवन । चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको...
धनगढी । कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः ३० बजेदेखि सुरु भएको हो।यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि...
रौतहट । नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्।रौतहट ३ मा साहलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले पछ्याइरहेका छन्। पछिल्लो मत परिणामअनुसार साहले ३ हजार ९५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रबालले माछा छापमा २ हजार ५६१ मत प्राप्त गरेका छन्।साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका...
काठमाडाैँ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले २ हजार २४० मत लिएर अग्रता कायम गरेका छन् ।प्रतिनिधिसभा उम्मेदवार चाैधरीलाई १ हजार ४५९ मत गर्दै नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन् ।शान्ता र मेटमणिबीच ७ सय ८१ मतकाे अन्तर छ । साे क्षेत्रमा हालसम्म ५ हजार ७८२ मत गणना भएकाे छ ।यस्तै, साे क्षेत्रमा...
दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ ।हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन...
काठमाडौं । सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।पुलती चिह्न पाएका मानबहादुर खड्काले अग्रता लिएका हुन् । उनले तीन हजार १५५ मत पाएका छन् ।खड्कालाई जनता समाजवादीका प्रमोद साहले २४३२ मतका साथ पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २०५४ का साथ तेस्रो स्थानमा छन् ।
काठमाडाैँ । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिष्पर्धी सागर ढकाल भन्दा दाेब्बर मतले अगाडि छन् ।एक मात्र निर्वाचन क्षेत्र रहेकाे डडेलधुराबाट उम्मेदवार रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापती देउवाले ६ हजार ८८० मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालले ३ हजार ६६६ मतले उनलाई पछ्याइरहेका छन् ।देउवा र सागरबीच ३ हजार २१४...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो ।काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक रहेका छन् । श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् ।सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित...









