भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गाईजात्राको दिन कुटपिटमा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका वडा नं. ५ टौमडी (पाँचतले मन्दिर) भएको स्थानमा गाईजात्रा पर्व मनाउने क्रममा झैझगडा गरेको भिडियो सामाजिक संजालमा फैलिएको थियो ।भिडियो सामाजिक सञ्जालमा फैलिएको घटना सम्बन्धमा कुटपिटमा संलग्न ललितपुर जिल्ला कोन्ज्योसोम गाउँपालिका वडा नं. ०१ स्थायी वतन भई सुर्यविनायक...
काठमाडौं । नबिल बैंकको खुद नाफा १५ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको खुद ब्याज आम्दानी खास बढ्न नसके पनि लोन लस प्रोभिजन घट्दा नाफामा सकारात्मक योगदान पुगेको...
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टिले नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुन पुगेको हो, गत वर्ष यो अवधिमा तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ।...
मकवानपुर । आजदेखि बागमती प्रदेशसभाको बैठक प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ। भवनको सम्पूर्ण काम सम्पन्न भएर हस्तान्तरण भइसकेको छ। आजबाट नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव पौडेलले जानकारी दिए।
गत २०७७ साल मङ्सिर १० गते शिलान्यास भएर १८ महिनामा सकिनेगरी २०७७ कात्तिकमा प्रदेशसभा भवनको ठेक्का लागेको थियो। तर ठेकेदार कम्पनीको ढिलाइका कारण...
काठमाडौं । आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै छन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री बानियाँलाई विश्वासको मत...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले वागेहिटीस्थित ऐतिहासिक त्रिलोकेश्वर महादेव मन्दिरमा आयोजना गरिएको महायज्ञमा नगद दुई लाख एक हजार रुपैयाँको सहयोग प्रदान गर्नुभएको छ। वडा न. ७ को वागेहिटीमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरमा नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा
श्रावणी मेला लगाइएको हो ।उक्त धार्मिक समारोहको समापन सभालाई सम्बोधन गर्दै उपप्रमुख बुढाथोकीले भन्नू भयो "धार्मिक, सांस्कृतिक...
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा ३ छोरम्बुका गोविन्द बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेघराजको शव प्रहरीले आइतबार खनेर निकालेको हो। भीरबाट लडेर ज्यान गुमाएका एकै घरका दुई बालबालिकाको पोस्टमर्टम नगरी अन्त्येष्टि गरिएको भन्दै प्रहरीले खोटाङमा गाडिएको शव निकालेको छ। दुर्घटना वा आत्महत्याका घटनामा ज्यान गुमाएकाहरूको अनिवार्य शव परीक्षण गर्नुपर्ने कानुनी प्रावधान पूरा गर्न प्रहरीले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले स्पष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको...
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखासँग सम्झौता नविकरण गर्दै मध्यपुर थिमिले नगरबासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो ।
सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार मध्यपुर थिमि नगरबासीले नेपाल रेडक्रस...
भक्तपुर । समाजसेवी तथा अग्रज राजनीतिक कार्यकर्ता स्व. जयराम बासुकलाको २१औं स्मृति सभा शनिबार सम्पन्न भएको छ। कार्यक्रम जयराम स्मृति अक्षय कोष समितिको आयोजनामा भएको हाे । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले स्वर्गीय बासुकलाकाे राजनीतिक इमान्दारिताकाे चर्चा गर्दै उनले अँगालेकाे सिद्धान्त, विचार र आदर्शलाई आत्मसात गर्नुपर्नेमा जाेड दिए ।उनले स्वर्गीय बासुकला नेमकिपाका कर्मठ कार्यकर्ता भएको...










