Monday, September 21, 2026
Home समाज पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

15

काठमाडौँ : धुलिखेल- खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका- ८, ठकुरीगाउँ चन्दडाँडामा बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।पहिरोका कारण लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किएका छन्।यात्रुहरु बाटोमै अलपत्र परेका छन्.प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको छ। तर सुख्खा माटो र ढुंगाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने बताइएको छ।