काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै...
काठमाडौं । आज बिहीबार दिउँसो संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ।आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ लाई दफावार छलफलको लागि...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ । यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९...
भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम मध्यपुर थिमी-९, बोडेमा अवस्थित संस्कार गुरूकूलको आयोजनामा आधारभूत तहको अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक(३ भक्तपुरमा रहेको ईडेन गार्डेन स्कुल विजेता भएको छ १ त्यस्तै गरी द्धितीय स्थान चाँगुनारायण २ दुवाकोटमा रहेको ऋतम्भरा पाठशाला, तृतीय स्थान सूर्यविनायक...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरवासीका लागि निस्शुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले निशुल्क रगत उपलब्ध गराउने कार्यलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो। प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य र रेडक्रस भक्तपुरको तर्फबाट सभापती परशुराम पाण्डेबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नगर क्षेत्रका नागरिकलाई आवश्यक परेको रगत तथा रक्ततत्व निशुल्क रूपमा उपलब्ध गराइनेछ, जसको खर्च...
सुनसरी । दुहबीमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ । दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र बुधबार बिहान १० बजे दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत...
काठमाडौं । अनिलकुमार झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० का वरिष्ठ नेताबाट राजीनामा दिएर नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। झाले लोसपा वरिष्ठ नेता र साधारण सदस्यसमेतबाट दिएको राजीनामा अध्यक्ष महन्थ ठाकुरले हालै स्वीकृत गरिदिएका थिए। लोसपा छाडेपछि झाले आफ्नो पुरानो पार्टी नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्। उनले सद्भावना पार्टी अद्याविधक गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए।अनिलकुमार झा पहिले...
काठमाडौं । कार्यक्रम उद्घाटन नहुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा पक्षधरका युवाहरूबीच विवाद भएर हात हालाहाल भएको छ। राप्रपाको भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ। अधिवेशन स्थगित गरेर अध्यक्ष लिङ्देन हिँडे पनि महामन्त्री धवल शम्शेर राणनिकट समूहले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अध्यक्ष ज्योति लामालाई अध्यक्ष घोषणा गरेका...










