Friday, June 19, 2026
Home Blog Page 64
काठमाडौं : अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा भएको सडक दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जना बालबालिका छन्। तीन जनाको अवस्था गम्भीर रहेको छ। मृत्यु हुनेमा अधिकांश मानिसहरू इरानबाट फर्काइएका अफगान शरणार्थी रहेको तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले जनाएका छन्। उनका अनुसार काबुल जाँदै गरेको बस मोटरसाइकल र मालबाहक ट्रकसँग ठोक्किएर आगो लागेको थियो।...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत सैन्य शैलीमा बर्खास्त र नियुक्त हुने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीको यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री संसद्‌बाट चुनिने भएकाले अदालतको विषय नरहेको दाबी गरे। उनले अदालतलाई झोक चल्दा बर्खास्त र नियुक्त समेत गरेको ताजा अनुभव आफूसँग रहेको बताए।...
एमालेले निषेध गरे पनि भण्डारीले विराटनगरमा आफ्नो सक्रियता देखाउँदै राजनीतिक भेटघाटलाई निरन्तरता दिएकी छन्।विराटनगर — ७ महिनाको अवधिमा तेस्रो पटक सोमबार विराटनगर ओर्लिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार राति करिब ८ बजे गोप्य भेटघाट गरेका छन् ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले कार्कीले करिब १ घण्टा भण्डारीसँग ‘वान टु वान’ भेट गरेको जनाए । लुइँटेलले भने,...
काठमाडौं : मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन्। एनसिबी अवुधाबीसँगको समन्वयमा संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। यसैबीच, प्रतिबन्धित लागूऔषधसहित देशका विभिन्न स्थानबाट नौ जना पक्राउ परेका...
काठमाडौँ : नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको प्रस्ताव दर्ता गराउन सांसदहरूलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटो भएको बताएका छन्। मंगलवार सिंहदरबारमा दुवै राजनीतिक दलले आफ्ना सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराएका छन्। कारणबारे सबैले उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गराउने अनुमान गरे पनि दुवै राजनीतिक दलले यसको खण्डन गरेका छन्।नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले...
काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले साझा एजेण्ड बनाई जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन्।हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले हिन्दुकुश हिमालय क्षेत्रका मुलुकको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतीका विषय सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताइन्। हिन्दुकुश हिमालय क्षेत्रमा...
काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ स्थित देउराली नजिकै मिनी बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा चामुण्डा बिन्दासैनी नगरपालिका-२ की २७ वर्षीया मिना विष्ट, वडा नम्बर-१ बस्ने ४२ वर्षीय सुरेन्द्र शाही, वडा नम्बर २ की २४ वर्षीया निर्मला सुवेदी र वडा नम्बर ४ की ७० वर्षीया पुन्टी शाही रहेका छन् । बिन्द्रासैनी...
काठमाडौं । फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको झलक सार्वजनिक भएको छ । छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बु समुदायको भेषभुषामा देखिएका छन् । उनले तीर हानिरहेको देखिन्छ । यो लुक्स सार्वजनिक भएसँगै यो फिल्ममा दयाहाङको संलग्नता रहेको औपचारिकरुपमा पुष्टि भएको छ ।यसअघि फिल्ममा उनको अनुबन्धनलाई गोप्य राखिएको थियो । निर्देशक समेत रहेका अभिनेता राईले दयाहाङको लुक्स...
काठमााडाैं : सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपमसभामुख इन्दिरा राणमगरलाई हटाउने तयारी गरेका छन्। यसका दुबै दलले आ–आफ्नो दलको कार्यालय सिंहदरबारमा खाली पानामा हस्ताक्षर संकलन गरिरहेका छन्। सत्ता गठबन्धनले संविधानको धारा ९१ को उपधारा (६) अनुसार उपसभामुख रानालाई हटाउन खोजेको हो । संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था उल्लेख...
काठमाडौं । भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये...