दाङ-१ मा फराकिलाे मतान्तरले मेटमणिकाे अग्रता

53

काठमाडाैँ । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले २ हजार २४० मत लिएर अग्रता कायम गरेका छन् ।

प्रतिनिधिसभा उम्मेदवार चाैधरीलाई १ हजार ४५९ मत गर्दै नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन् ।

शान्ता र मेटमणिबीच ७ सय ८१ मतकाे अन्तर छ । साे क्षेत्रमा हालसम्म ५ हजार ७८२ मत गणना भएकाे छ ।

यस्तै, साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक ल १ हजार १८५ मत लिइ तेस्राे स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ४ सय ९० मत प्राप्त गरेका छन् ।