एमाले र कांग्रेसको अग्रता बराबर

82

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस र एमालेले बराबर अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमालेले समान ४३/४३ ठाउँमा अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेस र एमाले बराबरी अग्रता लिँदा कांग्रेसले ४ ठाउँमा जित हासिल गरेको छ । यस्तै एमालेले एक ठाउँमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस कूल ४७ ठाउँमा अग्रता बनाउन सफल भएको छ भने एमाले ४४ ठाउँमा अगाडि छ ।

यस्तै माओवादी १३, स्वतन्त्र पार्टी ११, राप्रपा र समाजवादी समान ७/७ ठाउँमा अगाडि छन् ।