धनगढी । कञ्चनपुरमा अवैध लागूऔषध ओसारपसारमा संलग्न उपमेयरका छोरा र भारतीय नागरिकसहित छ जनलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कञ्चनपुरमा एक युवक अवैध लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्लाको पुनर्वास नगरपालिका–६ बाट सशस्त्र प्रहरीले अवैध लागूऔषध (खैरो हेरोइन)सहित उनलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त)का ३० वर्षीय...
एजेन्सी । शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् ।सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटना बारे जनाकारी गराएको हो । स्थानीय समय अनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई...
काठमाडौं । लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ । उक्त निर्णय नेपाल राष्ट्र बैंक र लक्ष्मीको आगामी वार्षिक साधारण भएपछि मात्र कार्यान्वयन हुनेछ ।
सर्लाही । चिनी मिलले समयमै उखुको भुक्तानी नगरेपछि जिल्लाका किसानहरुले वैकल्पिक खेती गर्न थालेका छन् ।उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन् ।जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक...
स्वास्थ्य । हामीले खाने दैनिक खानामा ध्यान नपुर्याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ।माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँदै आएका छन्। कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ। मिर्गौलाको जोडी पिठ्युँको मध्यभागमा करङको ठीक मुनि रहेको हुन्छ। मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स फिल्टरीकरण हुने...
काठमाडौं । स्कुल बसको ठक्करबाट काठमाडौंको कीर्तिपुरमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो।मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए...
हुम्ला जिल्लाको हिल्सा–सिमकोट सडकखण्डमा चारवटा पुल निर्माण नहुँदा काठेपुलकै सहारामा गाडी गुड्ने गरेका छन् । ठेकेदारहरूको चरम लापरबाहीले पाँच वर्षसम्म हेप्काखोला, तागुखोला, याङ्गारखोला सल्लीखोलामा पुल नबन्दा काठेपुलमाथि गाडी गुड्ने गरेका हुन् ।
नवलपरासी । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा दाइजोबिना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ।लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोबिना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। सम्मान कार्यक्रमपछि पाल्हीनन्दन(६ लंगडीपाकडदेखि वडा(५ विसुनपुरा भन्सार चोकसम्म सचेतना र्याली निकालिएको थियो।विवाहमा गरिने अनावश्यक खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान...
काठमाडौं । बिहेको मौसममा नेपाली बजारमा सुनको दिनानुदिन उकालो लागिरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको बजेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको भाउ १ लाख रुपैयाँ निर्धारण गरिएको छ।यस्तै चाँदीको भाउ पनि बढेर तोलाको १ हजार ४० रुपैयाँ...
काभ्रे । मण्डनदेउपुर नगरपालिका १ हलेदे स्थायी घर भएका राजनीनिज्ञ तथा समाजसेवी राधाकृष्ण बस्ताकोटी नेपाल केन्पो खुकुरी मार्शल आर्टर्टस संघको केन्द्रिय सल्लाकारमा चयन भएका छन् । संघको पहिलो बैठकले बस्ताकोटीलाई केन्द्रीय सल्लाहकारमा मनोनित गरेको हो । बस्ताकोटी तत्कालिन बालुवापाटी देउपुर गाउँविकास समितिको अध्यक्ष तथा नगरकोट क्षेत्रका सफल पर्यटन व्यवसायीका साथै काभ्रेको नेकपा एमालेका नेता हुन् ।










