पुस ११ मा पलको मुद्दामाथि सुनुवाइ

29

तनहुँ । नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौंपटक स्थगित भएको छ। गत आइतबार स्थगित भएपछि सुनुवाइका लागि पुस ११ गतेलाई पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिएका छन्।

नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका शाहको पाँचौंपटक सुनुवाइ स्थगित भई सो मितिमा सरेको उनले बताए। शाहको मुद्दामा आइतबार सुनुवाइ तोकिएको थियो। तर, त्यस दिन जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुध्र्गाना अनुपस्थित हुनुभएकोले सुनुवाइ हुन सकेको हो, उनले भने।

अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर, नवलपुरले भदौ २१ गते नै शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय तोकेको छ। त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी नाबालिग छोरीमाथि शाहले पटकंपटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए।

शाहले गत फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उनका बुबाले समेत दुवै अदालतमा बलात्कार होइन भनि बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ।