Thursday, October 1, 2026
Home समाज वसन्तरपुरमा मनाइयाे महानगर दिवस

वसन्तरपुरमा मनाइयाे महानगर दिवस

77

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले २८ औँ महानगर दिवस भव्यताका साथ मनाएकाे छ। दिवसकाे अवसरमा महानगरपालिकाले बिहीबार वसन्तपुरमा एक कार्यक्रमकाे आयाेजना गरेकाे हाे।

महानगरले साेही कार्यक्रमका लागि आज सबै कामहरू ठप्प बनाएकाे छ। साे अवसरमा विभिन्न तस्बिरहरू प्रदर्शनी तथा प्रतियाेगितासमेत गरिएकाे छ। साथै, परम्परागत नेवारी खाजा तथा लत्ताकपडाकाे स्टलहरूसमेत राखिएकाे छ। कार्यक्रमा काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डङ्गाेल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतकाे उपस्थिति थियाे।