Friday, June 12, 2026
Home Blog Page 580
जनकपुरधाम । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् ।रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ ।  उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको...
महोत्तरी । गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए। पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे। विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए।‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन गर्‍यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने।विद्यार्थीको आन्दोलनपछि गौशाला...
कैलाली । प्रहरीले कैलालीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया छन्।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने...
काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन -आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी बाँडफाँट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट...
एजेन्सी । जापानकाे राजधानी टोकियोमा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । शनिबार राति भोजपुरका ४२ वर्षीय दिवश राई रहेकाे प्रहरीले जानकारी दिएकाे छ  । नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई...
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । चाँदीको मूल्य अघिल्लो...
काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ। यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ।१७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ। कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ।यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ८ वटाको मूल्य घटेको छ र एक कम्पनीको स्थिर छ।१३ उपसूचकहरुमा ३...
काठमाडौं । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन् ।अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो...
काठमाडौं । २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ।अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना...
काठमाडाैँ । निर्वाचन आयाेगले आइतबार समानुपातिक सांसद्हरूलाई प्रम‍ाणपत्र दिने भएकाे छ।आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसद्लाई प्रमाणपत्र दिन लागेकाे हाे।आज दिउँसाे १ बजे लाैनचाैरस्थित निर्वाचन आयाेगकाे कार्यालयबाटै प्रमाणपत्र दिन लागिएकाे बताइएकाे छ।समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट ७,...