टोकियोमा एक नेपाली मृत फेला

60

एजेन्सी । जापानकाे राजधानी टोकियोमा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । शनिबार राति भोजपुरका ४२ वर्षीय दिवश राई रहेकाे प्रहरीले जानकारी दिएकाे छ  । नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएका र तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीले जिम्मा लिए लगत्तै आवश्यक सबै सोधपुछ र अनुसन्धान पछि राईको पार्थिव शरीर अहिले पोष्ट मार्टमका लागि अस्पतालमा लैजाँदै गरेको पारिवारिक निकट स्रोतले जनाएको छ ।