सप्तरी । जिल्लाको महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष दिपककुमार यादवको निधन भएको छ । वडा नम्बर ३, बथनाहा निवासी ६८ वर्षीय उनी कलेजोको क्यान्सरबाट पीडित थिए । एक वर्षदेखि आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका पूर्वअध्यक्ष यादवको बुधबार दिउँसो निधन भएको उनका छोरा अभिनव यादवले जानकारी दिए ।जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सल्लाहकारसमेत रहेका उनको बिहीबार अन्त्येष्टि गरिने परिवारजनले जनाएका...
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको हो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो ।त्यसपछि अदालतले भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी...
काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार ईश्वरी न्यौपानेलाई बनाउने भएको छ। मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। नेताहरूले यस्तो निर्णय गरेको जानकारी आफूले पाएको न्यौपाने स्वयंले थाहाबरलाई जानकारी दिइन् । उनले भनिन् हो नेताहरूले राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार मलाई बनाउने निर्णय गर्नभएको छ।...
काठमाडौं । नेपाल प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका(१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर...
बागलुङ । बागलुङ जिल्लामा धानखेती हुने पाँच हजार ७०७ सात हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ४७८ हेक्टर क्षेत्रफलमा यसवर्ष रोपाइँ भएको छ ।
काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो । थप नकुहियोस् भनेर औषधि छर्किए । तर, कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन...
काठमाडौँ : निजी विद्यालय सञ्चालकहरूले सोमबार देशभर प्रदर्शन गर्ने भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका विद्यालय उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा घेराउको कार्यक्रम तय गरेका छन्। बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रतिनिधिसभा घेर्न जाने तयारी रहेको प्याब्सनका केन्द्रीय सल्लाहकार डिके ढुंगानाले जानकारी दिए । यस्तै बिहान ११ बजे नै सातै प्रदेशका प्रदेशसभा भवन अगाडि...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताउनु भएको हो । नेपाली कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरूरी रहेको उहाँको भनाइ छ । उहाँले...
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गरेका छन्।आइतवार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताएका हुन्। पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उनको भनाइ छ।
उनले पार्टीका सबै सदस्यहरूलाई कुनै न...
काठमाडौ । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारीअनुसार रुबीका श्रीमान...
काठमाडौं । आज भाद्रकृष्ण औंसी हो । यो दिनलाई कुसेऔंसी पर्व पनि भनिन्छ । घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । पिताको मुख हेर्न दिन पनि हो । छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा...









