Wednesday, October 14, 2026
Home खेलकुद पाेखरा निज्जाजकाे ट्रफी अनावरण

पाेखरा निज्जाजकाे ट्रफी अनावरण

13

सन्ध्या ढुंगाना
कास्की । पाेखरा निन्जाजले वत्सालय एभरेस्ट महिला भलिबल लिगको ट्रफी पाेखरामा भव्य रुपमा अनावरण गरेकाे छ। पोखरामा नै हुन लागेको वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी एक भव्य समारोहबीच अनावरण गरिएको हाे ।

पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाेखरा निन्जाजकी ब्रान्ड एम्बेसडर सनिशा भट्टराईले संयुक्त रूपमा ट्रफीको अनावरणा गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर आर्यलले पाेखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले “खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताएका छन्।

कार्यक्रममा पाेखरामा रहेका विभिन्न क्षेत्रका अतिथिहरूकाे सहभागिता रहेकाे थियाे। ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएकाे छ।