Thursday, June 11, 2026
Home Blog Page 572
खजुरा । बाँके खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ ।  खजुरा-२  गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताए।  उनले भने, ‘पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै...
नेपालगञ्ज । विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग गरेको छ। टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका बिरामीका लागि उक्त सामाग्री सहयोग गरेको हो।लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगञ्ज उपमहानगरपालिका- ४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम बुढाथोकी, स्वास्थ्य कार्यालयका फोकलपर्सन मानबहादुर...
काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउने भएको छ ।काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो ।महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।
काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन भनेको छ ।लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिए ।संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका...
काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।२३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ ।यता, १३ उपसूचकहरुमा २ कम्पनीमा...
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक हजार दुई सय तोकिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख...
वीरगञ्ज । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजिङ उद्योगमा आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ गर्दौल गाउँमा हेमन्तकुमार चौरसियाले सञ्चालन गरेको एस बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग इन्डष्ट्रिजमा आगलागी भएको हो ।मंगलबार राति सवा ११ बजेतिर उद्योगमा आगो लागेको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरीको टोली पुगेको थियो । ७ घण्टा लगातार प्रयास गरेपछि बुधबार बिहान ६...
काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।माओवादी केन्द्रका सांसद रणेन्द्र बराईलीका अनुसार शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ।दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका...
खोटाङ । नेपाल रेडक्रस सोसाइटीले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नि पीडितलाई राहत प्रदान गरेको छ। सोमबार साँझ भएको आगलागीबाट विस्थापित भएका तथा क्षति व्यहोरेका नौ परिवारलाई रेडक्रस जिल्ला शाखा तथा उपशाखा बाक्सिलाले बन्दोवस्तीका सामान प्रदान गरेको हो।आगलागीमा घर सहित सर्वस्व गुमाएका दीपक गुरुङ, गुरुङकै घरमा कोठामा भाडामा बस्ने रत्न गुरुङ, शुभराज राईको घर भाडामा लिएर व्यवसाय गरिरहेका समिर...
काठमाडाैं  ।  सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो ।कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेत चयन गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस...