Thursday, October 1, 2026
Home समाज क्षयरोगीलाई १२ लाखको सामाग्री सहयोग

क्षयरोगीलाई १२ लाखको सामाग्री सहयोग

46

नेपालगञ्ज । विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग गरेको छ। टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका बिरामीका लागि उक्त सामाग्री सहयोग गरेको हो।

लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगञ्ज उपमहानगरपालिका- ४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम बुढाथोकी, स्वास्थ्य कार्यालयका फोकलपर्सन मानबहादुर नेपालीलगायतले टिबी नेपालका अध्यक्ष लक्ष्मण रेग्मीलाई उक्त सामाग्री हस्तास्तरण गरे।

होस्टेलमा ३१ जना विरामी भर्ना भएका छन् भने १४ जना नियमित बसिरहेको टिबी नेपालका कार्यक्रम संयोजक हिक्मत खड्काले जानकारी दिए।