राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

142

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । 

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । 

उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै  साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।