हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको मतदान ३:१५ बजे सुरु भएको हो ।मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो ।दुवै जना उम्मेद्वारले मोवाइल लैजान नपाउने निर्णय दिएपछि पूर्वानिर्धारित समयभन्दा १ घण्टा १५ मिनेट...
काठमाडाैँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ।आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम सञ्चालन गरेको छ।कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सवल र दुर्वल पक्षको समीक्षा गरेर निर्वाचन पश्चात्को अवधिमा आयोगले गर्नुपर्ने कानुनी...
काठमाडौं । नयाँ सरकार गठनपछि लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । यद्दपी यस दिन दिनभर नै बजारमा उतारचढाव देखियो । अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकम समेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो । कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० कारोबारबाट ६५ लाख ३० हजार ४१५...
काठमाडौं । सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको छ ।केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत बैठकमा जोडिएका छन् ।पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ । पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन् ।
काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ ।सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् ।एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए ।मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न पुगेका ओली उनको निवास खुमलटारबाट फर्केका छन् । सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका ओलीले सरकारकै विषयमा छलफल भएको बताए । ‘भर्खर सरकार गठन भएको छ, त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो,’ उनले भने ।प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने सरकारको काम प्रभावकारी...
बुटवल। लुम्बिनीका प्रदेश सभा सदस्यहरुको शपथ पुस १६ गते हुने भएको छ ।लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरुलाई १६ गते शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।ख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा दाङको देउखुरी उपत्यकास्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ गते शपथ ग्रहण र प्रदेश...
काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ ।ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी चीन, भारतलगायत ९० भन्दा बढी देशमा फैलिएको छ । हालसम्म पुष्टि भएका संक्रमितमा हल्का ज्वरो, खोकी, बान्ता, झाडापखाला र घाँटी दुखाइजस्ता लक्षण देखिएको विज्ञहरु बताउँछन् ।खासगरी उत्तरी चीनमा कोरोनाको कारण कतिपय...
काठमाडौं । नेपाल टी-२० लिगमा एकमात्र अपराजित टिमका रूपमा रहेको लुम्बिनी अल स्टार्स आफ्नो अपराजित यात्रालाई पाँचौँ खेलमा पनि जारी राख्यो। डबल राउन्ड रोविनका आधारमा जारी खेलमा दोस्रो पटक फार वेस्टर्न युनाइटेडविरुद्ध भिडेको लुम्बिनीले सुपर ओभरमा खेल आफ्नो पक्षमा पारेको हो।टियु मैदान कीर्तिपुरमा भएको खेलमा फार वेस्टनले दिएको १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७...
काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएको छ ।उक्त पक्षको बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो ।‘आज सामान्य छलफल ग¥यौं । केन्द्रीय समिति र प्रदेश समितिमा जितेका/हारेका सबैलाई बोलाएर अहिलेको समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ ।’ बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने ।यो समूहको बैठक...









