Wednesday, June 17, 2026
Home Blog Page 54
काठमाडौं । आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । न्यौपाने बिहीबार प्रशिक्षकमा नियुक्त भएका थिए ।नेपाली महिला टोलीले आउँदो अक्टोबर २६ (कात्तिक ९) मा भारतको सिक्किममा गएर भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ ।टोलीमा नेपालको यू-२० टोलीबाट खेलेका...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालय रहेको भवनको १० महिनादेखि भाडा नतिरेपछि घरधनीले तीन महिनाभित्र खाली गर्न अल्टिमेटम दिएका छन्। रास्वपालाई वनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन्। लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए। अमेरिकामा रहेका देवकोटाले १० महिनाको...
हेटौडा : हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता भएका छन्। मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन भएका हुन्। गहुँगोरो वर्ण, अन्दाजी ४ फिट उचाइ र पातलो शरीर हुलिया भएका बालक बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। छोरा...
काठमाडौँ : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ ।भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नेगरी काम शुरु गरिए पनि हाल सम्म सडक विस्तार कार्य सम्पन्न...
मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हर्ष’को नयाँ गीत ‘सिट्ठी मार’ सार्वजनिक भएको छ ।एलिस कार्कीको संगीत, प्रताप दास र सदीक्षा कट्टेलको स्वर रहेको गीतलाई पवित्रा घिमिरेले लेखेकी हुन् ।गीतको नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । यो फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् । आलोक शुक्लाले खिचेको गीतमा शीर्ष कलाकार फिचर्ड छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको...
काठमाडौँ : बडादशैँलाई लक्ष्य गरी साझा यातायातले काठमाडौँ-नारायणगढ-काठमाडौँ बस सेवा शुरु गरेको छ। असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौँ फर्किने गरी बस सेवा शुरु गरेको हो। काठमाडौं-नारायणगढसम्मको एकतर्फी भाडा ३०० रुपैयाँ तोकिएको साझा यातायातले जनाएको छ। साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै...
काठमाडौं : युलेन्स एजुकेशन फाउण्डेसनले यो स्कुल डा. आरजु राणा देउवाको नरहेको जनाएको छ। युलेन्स एजुकेशन फाउण्डेशनले आज सार्वजनिक वक्तव्य जारी गर्दै उनलाई अध्यक्ष मात्रै राखिएको जनाएको हो। युलेन्सलाई पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणाको नाफा कमाउने व्यवसायका रुपमा भनेर दुष्प्रचार मात्रै गरिएको स्कुलले भनेको छ। वक्तव्यमा भनिएको छ,‘डा. आरजु राणा देउवा सामाजिक संस्थाहरू सञ्चालन गर्नुहुन्थ्यो, खास गरी महिला...
काठमाडौं : अन्तरिम सरकारले अनावश्यक खर्च नियन्त्रण गर्ने उद्देश्यले व्यापक मितव्ययिता नीति ल्याएको छ। खर्च कटौतीका १२ बुँदे योजना सार्वजनिक गर्दै अर्थमन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको छ।अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र संघ–प्रदेशका मन्त्रीबाहेक अन्य पदाधिकारीलाई स्वकीय सचिव नपाइने व्यवस्था गरिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष...
८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको शयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् ।मंगलबार बेलुकी आफ्नो शयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहण...
बागलुङ : दशैँ लागेसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन्। जेठ दोस्रो सातादेखि लेक उक्लिएका गोठाला दशैँ शुरु भएसँगै बेसी झर्न थालेका हुन्।चार महिनालेकमा बसेका गोठालाहरू परिवारसँग भेट्ने आशा बोकेर बेसी झरिरहेका छन्। बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन्। गोठालाहरू ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी,...