Thursday, October 1, 2026
Home समाचार आफ्नो शयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– फाइभस्टार होटलजस्तो छ

आफ्नो शयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– फाइभस्टार होटलजस्तो छ

15

८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको शयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् ।मंगलबार बेलुकी आफ्नो शयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।