बागलुङ । बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बागलुङको गलकोट नगरपालिका-८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय भएको छ। आमा ४० वर्षीया कुमारी सार्कीसँग मिलेर आफ्नै बुवा ४० वर्षीय धनबहादुर सार्कीको हत्या गरेको आरोपमा आमा छोरालाई प्रहरीले २०७७ चैत ३ गते पक्राउ गरेको थियो।जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको २०७९ पुस ६ गतेको इजलासले श्रीमान्को हत्यामा...
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको जनाएको छ । जसका कारण सेवाग्राही घन्टौं लाइन बस्नुपर्ने स्थितिबाट अहिले सेवाग्राही ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने शाखाले दाबी गरेको छ ।शाखाका अनुसार तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह...
टवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका हुन् ।गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत...
पर्वत । पर्वतमा अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योगहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले मङ्गलवार सूचना जारी गर्दै विना दर्ता र अनुमति विना सञ्चालित क्रसर उद्योग, नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा उद्योग र व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको बलवा नगरपालिकाका तत्कालीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालवीर ठाकुर, सब-इन्जिनियर, अनुगमन तथा उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।बलवा नगरपालिका वडा नं. ३ मा आ.व. २०७४-०७५ मा सडक ढलानको लागि विनियोजित रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको...
काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा र्याली निकालिएको छ । बुधबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले र्यालीको आयोजना गरेको हो ।भृकुटीमण्डपबाट सुरु भएको र्यालीमा सहभागीले सिंहदरवारको मूल गेटअगाडि रहेको पृथ्वीनारायणको सालिकमा पुगी माल्यार्पण समेत गरेका थिए । र्यालीका कारण काठमाडौँको ट्राफिक व्यवस्था केही बेर प्रभावित भएको थियो ।
वीरगञ्ज । प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं. ८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका-४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्रेको हो ।अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी होटलका कर्मचारी हुन् ।...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था...
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल...
Chief Minister of Gandaki Province Khagaraj Adhikari called on Prime Minister Pushpa Kamal Dahal 'Prachanda' this morning. During the meeting that took place at the Prime Minister's official residence in Baluwatar, Chief Minister Adhikari congratulated Prime Minister Dahal on his securing of a vote of confidence of the parliament while the Prime Minister congratulated Adhikari on his appointment as...










