Home Blog Page 525
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही...
बाग्मती । बाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रमअन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ।सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमा सो विषय जनाइएको छ। कोरोना महामारीका बेला सात प्रदेशमध्ये बाग्मतीमा...
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो ।प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको छ । ‘केन्द्रकै निर्णय अनुसार अघि बढ्न धेरै...
काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अङ्कमाल गर्दै स्वागत गरे ।थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युँताएका थिए ।
काठमाडौँ । स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालयको चरित्र र नैतिकतामाथि प्रश्न उठेको जनाएको हो ।परिषद्का अध्यक्ष निराजन नेपालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल, स्ववियु निर्वाचनका लागि...
मध्यबिन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।‘गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए’, उनले भने। चरा गणनाका क्रममा अहिलेसम्म नारायणी...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताउनुभएको छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उहाँले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभयो ।...
तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ रु सातामा एक, दुई या तीनपटक रु त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ ।समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ...
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३,...
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे ।दुई बैङ्क गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी ३४...